16 Apr 2026
06:20 PM
The Kalika Online
16 Apr 2026
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्नुअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।
सबै पक्षलाई मिलाउने प्रयास भइरहेको र सहमतिमा हस्ताक्षर गर्नुअघि बालेन र कुलमानबीच छलफल हुने तय भएको बालेननिकट स्रोतले जनाएको छ । “कुलमान घिसिङ र मेयर साबबीच भेटवार्ता हुँदैछ । सबै पक्षलाई मिलाउने प्रयास भइरहेको छ । सहमतिमा हस्ताक्षर हुने विषयमा अहिले नै यकिन भन्न सकिने अवस्था छैन,” स्रोतले भन्यो ।
यसअघि शुक्रबार राति मेयर बालेन शाह आफ्ना सल्लाहकार कुमार बेन, भूपदेव शाह, केपी खनाललगायत व्यक्तिसँग ललितपुरको गोदावरी क्षेत्रमा छलफलमा बसेका थिए ।
2026-04-16 08:49 AM
2026-04-08 06:24 AM
2026-04-06 10:50 AM
2026-04-02 12:02 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .