16 Apr 2026
04:16 PM
The Kalika Online
16 Apr 2026
काठमाडौँ,चैत २५-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र इरानबीच दुई साताका लागि ससर्त युद्धविराम र होर्मुज ‘सुरक्षित मार्ग’ उपलब्ध गराउने सहमति भएको छ । होर्मुजबाट व्यापारिक जहाजलाई निर्वाध रूपमा आवतजावत गर्न दिने सर्तमा ट्रम्पले दुई साताको युद्धविराम प्रस्ताव स्वीकार गरेको बिबिसीले जनाएको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानविरुद्धका आक्रमणहरू रोकिएमा आफूहरू पनि लडाइँ अन्त्य गर्न तयार रहेको बताएका छन् । यसअघि राष्ट्रपति ट्रम्पले समयसीमा तोक्दै सहमति नभए ‘आज राति एउटा सिङ्गो सभ्यताको अन्त्य हुने’ चेतावनी दिएका थिए । यस संकटमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले ‘कूटनीतिलाई स्थान दिन’ भन्दै ट्रम्पलाई आफ्नो समयसीमा दुई साता थप्न आग्रह गरेको थियो ।
2026-04-16 08:49 AM
2026-04-06 10:50 AM
2026-04-02 12:02 PM
2026-03-30 09:15 AM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .