16 Apr 2026
06:05 PM
The Kalika Online
16 Apr 2026
चितवन, माघ १०-
पूर्वि चितवनको रत्ननगर स्थित माधवपुरमा नेपाली संस्कृति र लोक भजन संरक्षण गर्न भजन तथा शङ्ख ध्वनी प्रतियोगिता हुने भएको छ । माधवपुर मठमन्दिर तथा धार्मिक संघसंस्था समन्वय समिति रत्ननगर–१५ले यही माघ २४ गते प्रतियोगिता गर्न लागिएको हो । युवा पुस्ताले बिस्तारै बिर्सिदै गएको नेपाली लोक भजन सस्कृतिलाई संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आज (शनिवार) रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।नेपाली समाजको आस्था, आध्यात्मिक चेतना र सांस्कृतिक पहिचानलाई पुर्न जागरण गर्ने लक्ष्य लिएको छ । यस कार्यक्रम मार्फत माधवपुर क्षेत्रलाई भक्तिमय सांस्कृतिक केन्द्रको रुपमा उभ्याउने लक्ष्य लिइएको समितिका सचिव पुरुषोत्तम कट्टेलले जानकारी दिनुभयो । माधवपुर खेलकुद विकास समितिको खेलकुद मैदानमा सञ्चालन हुने प्रतियोगितामा सञ्चालन गर्नका लागि ५ सय ५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगितामा देशभरका भजन समूह तथा शङ्ख वादकहरुको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । एक समूहमा अधिकतम २० जना सहभागि हुन पाउनेछन् । समूहगत पोसाक पनि अनिर्वाय गरिएको कट्टेलले जानकारी दिनुभयो । भजन प्रस्तुती १० मिनेटको हुनेछ । माघ २० गतेसम्म भजन समूहले प्रतियोगतामा सहभागि हुनका लागि नाम दर्ता गराउनुपर्नेछ ।
भजन प्रतियोगितामा प्रथम पुरस्कार राशी ४० हजार, द्धितीय राशी ३० हजार तृतीय राशी २० हजार र सान्तोना पुरस्कार राशी १० हजार रुपैयाँ रहेका छ । त्यसैगरी शंङ्ख ध्वनी प्रतियोगिता तर्फ प्रथम द्धितीय र तृतीय हुने वादकलाई क्रमशः ५ हजार ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि आवश्यक शङ्ख आयोजक समितिले उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिता तथा कार्यक्रम व्यवस्थापनका लागि आयोजकले झण्डै ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । धार्मिक संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा रत्ननगर नगरपालिका वडा नम्बर १५ले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको वडाध्यक्ष आशिक तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको निर्णायक मण्डलमा गीतकार तथा संगीतकार अर्जुन पोख्रेल, लोकप्रिय गायिका बबिता बानियाँ रहेका छन् ।
2026-04-16 08:49 AM
2026-04-08 06:24 AM
2026-04-06 10:50 AM
2026-04-02 12:02 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .