16 Apr 2026
08:00 PM
The Kalika Online
16 Apr 2026
आशिष चौधरी
यस त्रिफला बचत तथा ऋण सहकारी संस्था लिको मिति २०८२ कार्तिक १५ गते बसेको सञ्चालक समितिको बैठक निर्णय अनुसार संस्थाको १३ औं वार्षिक साधारण सभा, संस्थाको १४ औं स्थापना दिवसका दिन तपशिलमा उल्लेखित प्रस्ताव उपर छलफल गरी निर्णय गर्नका लागि निम्नानुसारको मिति, समय र स्थानमा हुन गइरहेकोले यहाँको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
छलफलका विषयवस्तुहरु (प्रस्ताव) ः
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन सम्बन्धमा ।
२. सचिव तथा कोषाध्यक्षको प्रतिवदेन पारित गर्ने सम्बन्धमा ।
३. लेखा समितिको प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
४. आ.व. ०८१-०८२ को लेखा परीक्षण प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
५. आ.व. ०८२-०८३ को प्रस्तावित बजेट तथा कार्यक्रम पारित गर्ने सम्बन्धमा ।
६. ०८२-०८३ को लागि लेखा परीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
७. विनियम, कार्यविधी तथा निती, निर्देशिकाहरु पारित गर्ने सम्बन्धमा ।
८. अन्य समित तथा उप समितिको प्रतिवदेन सम्बन्धमा ।
९. एकिकरण सम्बन्धमा ।
१०. दायित्व मिलान सम्बन्धमा
११. सम्पति सामान खरिद तथा विक्री गर्ने सम्बन्धमा ।
१२. साधारण सभाको निर्णय पुस्तिका प्रमाणीत गर्न सदस्यहरुबाट प्रतिनिधी चयन गर्ने सम्बन्धमा ।
१३. कार्यसूचीमा थप भएको प्रस्ताव सम्बन्धमा ।
१४. विविध
तपशिल ः
क. मिति ः २०८२ पौष १९ गते, शनिवार (तदनुसार जनवरी ३, २०२६)
ख. समय ः विहान १० बजे ।
ग. स्थान ः होटल गंगात्री हाइवे, रत्ननगर १, सौराहाचोक, रत्ननगर, चितवन ।
पुनश्च ः
क. साधारण सभामा उपस्थित हुने सदस्यले संस्थाको परिचय–पत्र सहित उपस्थिति गर्नुपर्नेछ ।
ख. परिचय पत्र संस्थामा उपस्थित भई सदस्य पहिचान विवरण अध्यावधिक गरे पश्चात प्राप्त गर्न सक्नु हुनेछ ।
ग. सदस्यहरुको नाम दर्ता समय विहान १० बजे देखि मध्यान्ह १२ बजे सम्म मात्र रहनेछ ।
घ. साधारण सभामा प्रस्तुत हुने विषयवस्तु उपर केही जिज्ञासा भएमा संस्थामा उपस्थित भई सुझाव पेटीका मार्फत समेत दिन सक्नु हुनेछ ।
ङ सदस्य परिवारमा ८० वर्ष नाघेका जेष्ठ व्यत्तित्वहरुलाई सम्मान कार्यक्रम रहेको हुँदा यस भन्दा अगाडी सम्मान नहुनु भएका व्यक्तित्वहरुलाई पौष १० भित्रमा नाम दर्ता गर्नुहुन जानकारी गराइएको छ ।
च. सदस्यको छोराछोरी मध्ये कक्षा १२ मा (छात्र १, छात्रा १) उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई सम्मान कार्यक्रम रहेको हुँदा पौष १० गते सम्म आवश्यक कागजपत्र सहित नाम दर्ता गराउनु होला ।
छ. अन्य नियमानुसार हुनेछ ।
2026-04-16 08:49 AM
2026-04-08 06:24 AM
2026-04-06 10:50 AM
2026-04-02 12:02 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .