16 Apr 2026

08:00 PM

पुस २५ देखि भरतपुरमा ‘नारायणी एक्सपो २०८२’ आयोजना हुँदै

The Kalika Online

16 Apr 2026

# News

 रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा पुस २५ गतेदेखि माघ १० गतेसम्म भरतपुरस्थित नारायणी नदी किनार क्षेत्रमा भव्य रूपमा ‘नारायणी एक्सपो २०८२’ आयोजना हुने भएको छ।

एक्सपोको मुख्य उद्देश्य चितवन जिल्लाको आर्थिक, व्यापारिक तथा पर्यटन क्षमतालाई राष्ट्रियस्तरमा चिनाउँदै स्थानीय उद्योग, व्यवसाय र उद्यमशीलताको प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। यसले स्थानीय उद्यमीहरूलाई आफ्ना सीप, दक्षता र उत्पादन प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

आयोजकका अनुसार सार्वजनिक बिदा र चाडपर्वको समयलाई लक्षित गर्दै आयोजना हुने एक्सपोले आम सर्वसाधारणका लागि स्वस्थ मनोरञ्जन, व्यापार–प्रदर्शन र सामाजिक भेटघाटको साझा प्लेटफर्म निर्माण गर्ने लक्ष्य राखेको छ। परिवार, बालबालिका, युवा तथा ज्येष्ठ नागरिक सबैले एकै स्थानमा गुणस्तरीय समय बिताउन सकून् भन्ने रणनीतिक सोचका साथ कार्यक्रमको अवधारणा तयार गरिएको हो।


नारायणी एक्सपो २०८२ मार्फत स्थानीय तथा राष्ट्रिय व्यापार, उद्योग र उद्यमशीलताको प्रवर्द्धन, विभिन्न संघ–संस्थाहरू, व्यवसायी तथा स्टार्टअपहरूलाई सहकार्य र सहयोग, कला, संस्कृति, खानपान, मनोरञ्जन र नवप्रवर्तनको समग्र अनुभव प्रदान गरिने आयोजकले जनाएको छ।

रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.ले यसअघि पनि यस्ता बहुआयामिक कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्दै आएको उल्लेख गर्दै यस एक्सपोमा सहभागी संघ–संस्थाहरूको ब्रान्ड भिजिबिलिटी, नेटवर्किङ तथा व्यापारिक अवसर विस्तारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

नारायणी नदी किनारको प्राकृतिक सौन्दर्यसँगै सुरक्षित, व्यवस्थित र पारिवारिक वातावरणमा आयोजना हुने यो एक्सपोले भरतपुर क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष विकल क्षेत्री तथा संयोजक पाल्देन लामाले सम्पूर्ण सञ्चारकर्मी, व्यवसायी, संघ–संस्था तथा आम नागरिकलाई नारायणी एक्सपो २०८२ मा सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्नुभएको छ।


The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .