16 Apr 2026

06:03 PM

पहाडी जिल्लामा आज होली,रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

The Kalika Online

16 Apr 2026

# News

काठमाडौं । आज देशका पहाडी जिल्लामा फागु पूर्णिमाका अवसरमा होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै मनाइने रङ्गहरूको यो पर्व धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

परम्पराअनुसार काठमाडौंस्थित वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएसँगै केही दिनअघि नै होली पर्वको औपचारिक सुरुवात भएको मानिन्छ ।आज पूर्णिमाका दिन उपत्यकासहित देशका पहाडी जिल्लामा सार्वजनिक बिदा दिइएको छ र मानिसहरू आपसी सद्भावका साथ रङ्ग र अबिर खेल्दै पर्व मनाइरहेका छन् ।

होलीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइन्छ । पौराणिक मान्यताअनुसार भक्त प्रह्लाद र होलिकाको प्रसंगसँग जोडिएको यो पर्वले दुष्टतामाथि सत्यको जीतको सन्देश दिने विश्वास गरिन्छ ।

पहाडी जिल्लामा बिहानैदेखि बालबालिकादेखि युवासम्म समूह–समूहमा निस्केर अबिर, पानी र रङ्ग खेल्ने क्रम चलेको छ । घरपरिवार र आफन्तसँग भेटघाट, शुभकामना आदानप्रदान र मिठा परिकार सेवन गर्दै पर्व मनाउने परम्परा पनि कायम छ ।

यसैबीच प्रशासनले मर्यादित र सुरक्षित रूपमा होली मनाउन आग्रह गरेको छ । सार्वजनिक स्थानमा अवाञ्छित गतिविधि नगर्न र वातावरणमैत्री रङ्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई सुझाव दिइएको छ ।तराईका जिल्लामा भने परम्पराअनुसार भोलि होली मनाइनेछ ।


The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .