16 Apr 2026

08:01 PM

११औँ खिचरा महोत्सव पुस २९ गतेदेखि, तयारी तिब्र

The Kalika Online

16 Apr 2026

# News

खैरहनी, पुस २७ । थारू संस्कृति जोगाउनका लागि यही पुस २९ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ ।

पूर्वी चितवनको खैरहनीमा ११औँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

माघी पर्वका अवसर पारेर थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

२०७० सालदेखि प्रत्येक वर्ष माघ १ गते पर्ने माघी पर्वको पावन अवसरमा खिचरा महोत्सव हुँदै आएको छ ।

महोत्सव मूल समारोह समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार महोत्सव सम्पन्न गर्न तीन सय सय ५१ सदस्यीय मूल आयोजक समिति र १५ विभिन्न उपसमिति गठन गरिएको छ ।

‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० स्टल रहनेछन् ।

त्यसमध्ये थारु जाति लगायत विभिन्न जातिका खानाका परिकारहरु बिक्री वितरणका लागि २४ वटा स्टल रहने चौधरीले जानकारी दिनुभयो । महोत्सवमा थारु आर्ट ग्यालरी, बौद्धनाथ गुम्बा तथा ओपेरा हाउस निर्माण समेत गरिनेछ ।

महोत्सवलाई चितवनबासी थारू समुदायले मात्र नभई सम्पूर्ण जातजातिले गर्वका रुपमा लिने गरेको चौधरीले बताउनुभयो । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न संघसंस्थाका स्टल हरु रहनेछन् ।

माघ १ गते बाहेक हरेक दिन दिउँसो १ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था समेत आयोजकले मिलाएको छ । त्यसपश्चात प्रवेश शुल्क सय रुपैयाँ तोकिएको छ । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश टिकटको व्यवस्था रहेको कार्यक्रममा विद्यार्थीका लागि ७० रुपैयाँ तोकिएको छ ।


The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .