16 Apr 2026

04:16 PM

नवौं एनभिए भलिबल च्याम्पियनसिप

The Kalika Online

16 Apr 2026

# Sports

नवौं एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फ एपिएफले लगातार दोस्रो खेल जित्ने क्रममा आज सुदूरपश्चिम प्रदेश खेलकुद परिषदलाई ३-० को सोझो सेटमा हराएको छ।

एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३-० ले हराएको छ। समूह ‘बी’ को खेलमा एपिएफ २५-६, २५-११,२५-१२ ले विजयी भएको हो । एपिएफले पहिलो खेलमा मधेश प्रदेश खेलकुद परिषद्लाई ३-० ले हराएको छ। यो जितसँगै एपिएफले सेमिफाइनलको सम्भावना बढाएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी च्याम्पियनसिपको आज भएको पहिलो खेलमा
त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई ३-० को सोझो सेटमा हराएको छ। आर्मीले २४-१६,२५-१२,२५-९ ले खेल जितेको हो।

आर्मीले समूह ‘ए’ को आफ्नो पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई हराएको थियो। आर्मीले पनि अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको छ।

पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र मणीमकुन्द भलिबल क्लब तथा नेपाल पुलिस क्लब र खिलजी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।




The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .