16 Apr 2026

08:05 PM

चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

The Kalika Online

16 Apr 2026

# News

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो चितवनको भरतपुर महानगरपालिका-१२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोलनजिक घाँसदाउरा काट्न गएका बेला ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले अचानक आक्रमण गरेको हो।

गैडाको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पोस्टमार्टमका लागि शव हिजै साँझ भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .