16 Apr 2026
08:04 PM
The Kalika Online
16 Apr 2026
आशिष चौधरी (प्रस्तोता)
चितवन राष्ट्रिय निकुञ्जमा पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको पहिलो चरण सम्पन्न भएको छ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गणना गरिएको हो। सूचना अधिकारी अविनास थापा मगरका अनुसार पहिलो चरणअन्तर्गत त्रिवेणी, अमलटारी, कसरा हुँदै बरण्डाभार क्षेत्रमा २८६ ग्रिडमा क्यामेरा जडान गरी गणना गरिएको थियो।
हाल ती क्यामेरा उठाउने काम भइरहेको छ, जुन सोमबारसम्म सकिने छ। पहिलो चरणमा तालिमप्राप्त १५० जना गणक परिचालन गरिएको थियो। अब दोस्रो चरणमा सौराहा, लोथर प्रतापपुर, स्वमेश्वरदेखि सिकारी बाससम्मको क्षेत्रमा ३३६ ग्रिडमा क्यामेरा जडान गरी गणना गरिनेछ।
चितवन–पर्सा ब्लकमा कुल ९५८ ग्रिड बनाएर बाघ गणना भइरहेको छ। तीन महिना लगाएर सम्पन्न हुने यस गणनामा देशका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पनि समेटिएका छन्। बाघ गणना हरेक चार वर्षमा गरिँदै आएको छ।
यसअघि सन् २०२२ मा गरिएको गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो।
2026-04-16 08:49 AM
2026-04-08 06:24 AM
2026-04-06 10:50 AM
2026-04-02 12:02 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .