16 Apr 2026

08:01 PM

भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटनाग्रस्त, सबै यात्रु सकुशल

The Kalika Online

16 Apr 2026

# News

काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रन–वेबाट चिप्लिएर बुद्ध एयरको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परेको विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् ।

९एन–एमएफ कलसाइन भएको एटीआर–७२ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए । सबै यात्रुलाई सुरक्षित रूपमा उद्धार गरी विमानबाहिर निकालिएको उनले जानकारी दिए ।

बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार अवतरणका क्रममा जहाज धावनमार्गबाट चिप्लिएको हो । घटनाको प्राविधिक कारण पत्ता लगाउन प्राविधिकसहितको टोली काठमाडौंबाट आजै भद्रपुर पठाउने तयारी भइरहेको पनि उनले बताए ।

दुर्घटनापछि भद्रपुर विमानस्थलमा केही समय उडान–अवतरण प्रभावित भएको छ 


The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .