28 Dec 2025
06:43 PM
The Kalika Online
28 Dec 2025
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई चितवन निर्वाचन क्षेत्र नं. ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत सम्पन्न बैठकले दाहाललाई प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकको निर्णय जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने नेकपा नेता सन्तोष पनेरुले जानकारी दिए ।
भरतपुर महानगरपालिकाको करिब एक वर्षे कार्यकाल बाँकी रहँदै दाहालले राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा होमिने तयारी गरेको जनाइएको छ । उम्मेदवार सिफारिससम्बन्धी बैठकमा स्वयं उपस्थित दाहालले भरतपुर महानगरपालिकामा झन्डै नौ वर्ष काम गरेको अनुभव र जनताबाट प्राप्त अपार माया तथा विश्वासलाई सधैं साथमा लिएर आगामी निर्वाचनमा अघि बढ्ने बताइन् ।
उनले स्थानीय तहमा काम गर्दा प्राप्त अनुभवलाई संघीय संसदमा उपयोग गर्दै चितवन र देशको विकासका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
नेकपाले चितवन–३ लाई रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा लिँदै सशक्त र अनुभवी उम्मेदवार अघि सारेको नेताहरूको भनाइ छ ।
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .